कोरियामा ” सेम ताबा म्हि”ले दर्शकको मन जित्दै !!!
June 27, 2018 | Gyanlama | 7:57 am

ज्ञान लामा
एक बर्ष पुगि सक्दा पनि [सेम ताबा म्हि] तामाङ फिल्म को देश देखी बिदेश सम्न माग भैइरहेको छ।यसरी अन्तर्राष्ट्रिय रुपमा तामाङ फिल्म धेरै पटक प्रदर्सन भएको यो पहिलो चोटी हो।विशेष गरि सेम ताबा म्हि फिल्मको माग हुनुको कारण अनि सफल हुनुको कारण यस्को मेकिङ्ग पक्ष, कथा र नायक/नायिकाको अब्बल अभिनय हो भन्ने बुझिन्छ।त्यसैले त अमेरिका, युरोपको फ्रान्स, बेल्जियम , मलेसिया अनि कोरिया जस्तो देशहरुमा देखाउन सफल भएको मान्नु पर्छ। त्यती मात्र नभएर यो फिल्म तामाङहरुको भेष/ भुषा/भाषा र बिशुद्ध कल्चरमा आधारित भएर पनि सबैले मन पराएको हुन सक्ने अनुमान छ।अहिले कोरियाको विभिन्न शहरमा सेम ताबा म्हि प्रदर्शनी भैइरहेको छ।

गत केहि दिन अघि जुन 24 तारिकमा ख्यङ्साङ्नाम्दो बुसानको gimhae को नमस्ते रेस्टुरेन्टमा पर्दर्शन भएको थियो।अब केहि दिन पछि जुलाई -1 आईतवारको दिन थेगु शहरको तारा रेस्टुरेन्टमा प्रदर्शननी हुने भएको कुरा यसै फिल्मका निर्माता/ निर्देशक राज कुमार मोक्तान बाट जानकारी आएको छ।उहाँ फिल्म प्रदर्शनको लागी हाल कोरियामै रहेको कुरा”सेम ताबा म्हि”का नायक ऋतुराज पाख्रीनले हामिलाई बताउनु भएको छ।र हाल प्रदर्शनको तयारीमा रहेको नयाँ तामाङ फिल्म “सेर्कु” को पनि प्रचारप्रसारको लागी पनि निर्देशक राज कुमार मोक्तान कोरिया जानु भएको भनेर नायक ऋतुराज पाख्रीन बताउनु हुन्छ।

गत बर्ष FIPNA द्वाराआयोजित Nepal Indigenous Film Festival,York-2017 मा ९ विधा Best Film, Best Director, Best Actor, Best Actress,Best Story,Best Music Composer,Best Cinematography, Best Editor, Best Costume मा नोमिनेशनमा पर्न सफल -३ विधा People’s Choice Award, Best Cinematography- and Best Music Composer- अवार्ड जित्न सफल भएको थियो।तीनै फिल्मको ‘सेम ताबा म्ही’ टाइटल भिडियो गीतले भर्खर सम्पन्न भएको ‘नेशनल पावर न्युज म्युजिक अवार्ड-२०१८ मा best music video of the year अवार्ड जित्न सफल भएको थियो ।

सेम ताबा म्हि फिल्ममा ऋतुराज पाख्रीन, सुस्मा थिङ, सौसभ लामा , दिपशिखा लामा, गङ्गा मोक्तान,उर्मिला तामाङ , राजु नेगि, अनिता तामाङ आदि कलाकारहरूको भुमिका रहेको छ।यसै सेम ताबा म्हिका टीमले फेरि दोश्रो चलचित्र “सेर्कु” पनि बनाइ सकेका छन।र भदौ 30 गते राष्ट्रिय नाचघर जमलमा प्रदर्सनको मिति तय गरिएको छ।
भिडियो हेर्नहेस् ः


थप समाचारहरु

Latest News