राईनीको रोजाईमा तामाङ केटो फिट !!!
June 26, 2018 | Gyanlama | 3:03 am


ज्ञान लामा
एक पछि अर्को नया नया म्युजिक भिडियो प्रस्तुत गर्दै आफ्नो अभिनय क्षेमताले धेरै दर्शकहरुको मन जित्दै आएका मोडल शम्भु मोक्तान तामाङ फेरी अर्को नया म्युजिक भिडियो रिलिज भएको छ | उनिद्वारा अभिनित यस भिडियोमा शान्ति बान्तवा राईको अभिनय रहेको छ | “दोलखा फेल्दा” तामाङ सेलो यस गीतमा स्मृति पाख्रिनको शब्द, बिशाल काल्तनको संगीत र सुदिप तामाङको स्वर समावेश रहेको छ | यस्तै गीतको अरेन्ज गर्ने काम भने दिपेश प्रधानले गरेका हुन् | गीतको शब्द संगीत निकै राम्रो देखिन्छ | केहि समय अगाडी मात्र रिलिज भएको यस गीतले यति बेला युटुबमा दर्शकहरुको राम्रो साथ पाईरहेको छ भने प्रतिक्रिया पनि उत्तिकै राम्रो नै प्राप्त गरिरहेको छ |

गीत संग संगै गीतको भिडियो अझ बढी अब्बल बनेको छ | गीतको भिडियोमा कोष बोम्जनको छायांकन, बिक्रम लामा(मोक्तान) को सम्पादन र मोडल शम्भु मोक्तान तामाङकै निर्देशन रहेको छ | शम्भुले यस भिडियोमा अभिनय र निर्देशन दुवै गरेका छन् | उनको यो दुवै प्रयास सफल भएको पनि देखिन्छ | अभिनयको हिसाबले कुरा गर्ने हो भने उनको पहिले देखि नै चर्चा छ | तामाङ चलचित्रबाट अभिनय यात्रा सुरु गरेको हुनाले पनि होला उनको अभिनय क्षेमता निकै माथि नै रहेको छ | उनको अभिनय स्तरले गर्दा नै म्युजिक भिडियोमा पनि उनको उक्त क्षेमता झल्किएको पाईन्छ | अभिनय संग संगै उनले निर्देशनमा पनि हात हालिसकेका छन् | उनले यस भन्दा अगाडी पनि म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन् |

उनको निर्देशन कला देख्दा आगामी दिनमा उनले यस विधामा पनि आफुलाई राम्रो हिसाबले उभ्याउन सक्ने संकेत देखिन्छ | पछिल्लो समय उनि निकै जोश जाँगरको साथमा अगाडी बढिरहेको देखिन्छ | उनको अभिनय रहेको एक पछि अर्को म्युजिक भिडियो धमाधम सार्वजनिक भईरहेको छ | यस्तै उनको अरु पनि भिडियोहरु छायांकनको लागि तयारी अवस्थामा रहेको उनले जानकारी दिएका छन् | यस्तै उनले कुनै खुलासा नगरे पनि विशेष सूत्रको अनुसार उनि छिट्टै नै अर्को तामाङ चलचित्रमा दमदार अभिनयका साथ देखिदै गरेको जानकारी प्राप्त भएको छ | त्यसै गरि उनले सबै दर्शकहरुलाई आफ्नो प्रस्तुति हेरेर सहि मुल्यांकन गरेर सल्लहा सुझाब र अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन अनुरोध गरेका छन् |
हेर्नुस भिडियो :

थप समाचारहरु

Latest News