सुस्मा र खेम फेरी सङ्गै । भिडियो हेर्नुहोस्
June 25, 2018 | Gyanlama | 3:40 am

ल्होछार मेला गीत बाट दर्शक ले सर्बाधिक रुचाएको जोडी सुस्मा र खेम फेरी सङ्गै देखिएका छन । गायक बिक्रम वाइबा को बैशालु जोवन गीत बाट फेरी एकसाथ भिडियो मा आएका हुन । ल्हाप्साङ्कार्पो म्युजिक सेन्टरको अफिसियल युट्युब च्यान्नल बाट सार्वजनिक गरेको बैशालु जोवन सबैले रुचाउने आशा गायक बिक्रम वाइबाले गरेका छन ।


सङ्गे ब्लोन को शब्द रचना , सन्जीव वाइबा को संगीत र बिक्रम वाइबा को स्वर मा सजिएको यस् गीतलाई सुस्मा मोक्तान र खेम मोक्तान को अभिनय ले झन सुन्दर बनाएको छ । रोशन फ्युबा को निर्देशन तथा सम्पादन र प्रकाश तामाङ छायान्कन अनि खेम मोक्तान स्वयम् ले नै नृत्य निर्देशन गरेका हुन ।


खेम मोक्तान र सुस्मा मोक्तान पछील्लो समय सेलो म्युजिक भिडियो मा सार्बाधिक ब्यस्त छन । त्यस्तै सुस्मा मोक्तान तामाङ् चलचित्र क्षेत्रमा पनि उत्तिकै कृयाशिल छिन् भने खेम मोक्तान पनि भिडियो निर्देशन तथा अभिनय गर्न भ्याइ नभ्याइ छ । सबैको आशाको केन्द्र यि दुई कलाकारलाई संगै अभिनय गरेको हेर्न चाहन्छन ।
भिडियो हेर्नुहोस्

थप समाचारहरु

Latest News