तामाङ कथानक चलचित्र सिसि याङ्बा जुनि असार २३ मा विशेष शो हुँदै !!!
June 25, 2018 | Gyanlama | 2:10 pm


ज्ञान लामा
धेरै समयको प्रतीक्षा पश्चात्ता तामाङ कथानक चलचित्र सिसियाङ्बा जुनि दर्शक सामु आउने भएको छ । चलचित्र यहि असार २३ गते शनिबार बेलुका ४:३० बजे पृथ्वी हल बौद्धमा विशेष शो हुने भएको छ । परमपिता फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा तामाङ चलचित्र जगतका चर्चित नायिका तथा रानी,मायासे लासी-२ चाङ स्युईमे लगायत डेढ दर्जन तामाङ चलचित्र तथा आधा दर्जन नेपाली चलचित्र गरि दुई दर्जन चलचित्रबाट दर्शकहरूको मन जित्न सफल भईसकेकि नायिका रोशनि ब्लोन र श्याम रुम्बाको प्रमुख भुमिका रहने छ भने फुल माया श्याङ्बो, संख बहादुर थिङ, राजु नेगि, यमर सिङ ब्लोनका साथै माईली घिसिङलाई यस चलचित्रमा प्रमुख भुमिकामा देखिने भएको छ।

तामाङ समुदायको यथार्थ घटनामा आधारित तामाङ कथानक चलचित्र `सिसि याङ्बा जुनि´ ( मरेर पाएको जुनि)मा बिशेष गरेर पहिलो जन्ममा सफल हुन नसकेको प्रेम काहानिलाई दोस्रो जुनिमा आएर कसरी सफल हुन्छन त भन्ने कुरालाई चलचित्रमा उतार्ने कोसिस गरिएको छ । यमर सिङ ब्लोनको निर्देशन तथा कथा पट्कथामा बन्न लागिएको यस चलचित्र लाई फुलमाया स्याङ्बोले निर्माण गर्नु भएको छ ।

भक्तपुर, काठमाडौ, काभ्रेको पनौती लगायत आसपासको ठाउहरुमा शुटिङ भएको यश चलचित्रमा उन्छेन चेम्जोङको द्वन्द तथा  बुद्द लामाको नृत्य निर्देशन रहेको छ । यस चलचित्रमा समाहित गितहरुमा यमर सिँ लामा र क्षितिज लामाको शब्द तथा चर्चित गायक तथा सङ्गितकार अमृत लामाको सङ्गीत रहेको छ भने चलचित्रमा समाहित सबै गित युट्युब मार्फत सार्बजनिक भैसकेको छ ।बिक्रम मोक्तानको छायांकन रहेको यस चलचित्रलाई दिपक तामाङले सम्पादन गर्नु भएको छ ।

थप समाचारहरु

Latest News