कुमार र सुनिता एउटै फ्रेममा देखिदै ! कति पाउला दर्शकको मायाँ !!!
June 25, 2018 | Gyanlama | 6:51 am

ज्ञान लामा
तामाङ चलचित्र जगतका चर्चित अनुहार सुपर्स्टार नायक कुमार मोक्तान र चर्चित नायिका सुनिता लुङ्बा अब एउटै चलचित्रमा देखिने भएको छ । पहिलो पटक यो दुई कलाकारलाई एउटै फ्रेममा ल्याउने काम तामाङ कथानक चलचित्र छार ग्यालाम अर्थात `नया बाटो´ ले गरेको छ। नायक कुमार मोक्तानद्वारा अभिनित तामाङ चलचित्र अहिले सम्ममा दर्जन नाघी सकेको छ भने नायिका सुनिता लुङ्बाले नेपाली तामाङ गरेर आधा दर्जन बडि चलचित्रमा आफ्नो अभिनय देखाई सक्नु भएको छ ।
अभिनयको हिसाबले दुबै कलाकारलाई दर्शकले अत्याधिक रुचाएका छन। तर यो चलचित्र भने यो दुई जोडिले दर्शकको माया कति पाउछ त्यो भने चलचित्र प्रदर्शन भएसि थाहा हुनेछ । धेरैले एकै साथ हेर्न चाहेको यो जोडिले अब दर्शको माया कति पाउने हो त्यो भने हेर्न बाकी छ । चलचित्र छार ग्यालमको सम्पुर्ण काम सकिसकेको निर्माण पक्षले जानकारी दिएको छ ।
चलचित्र छार ग्यालामको अर्को राम्रो पक्ष भनेको यो तामाङ कथानक चलचित्र दुर्इ भाषामा अाउने भएको छ । कोशीपारी फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको यश चलचित्र छार ग्यालम (नयाँ बाटो ) लाइ सागर लामा गोलेले निर्देशन गर्नु भएको छ ।
सागर लामा गोले नृत्य निर्देशकको रुपमा आफ्नो परिचय स्थापित गरिसकेका कलाकार हुन भने उहाको यो पहिलो निर्देशित चलचित्र हो ।
चलचित्रमा कुमार मोक्तान, सुनिता लुङ्बा, राहुल मोक्तान, सुनिता दोङ, लक्ष्मण बस्नेत,हस्त बहादुर गोले, धुर्व सिंह तामाङ (छिरिङ) सूर्य बहादुर गोले, गोकुल तामाङ, दीपा वाईबा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रमा प्रयास दोङ, बुद्ध स्याङ्बा र सुदिप ङ्यासुरको संगित रहेको छ भने ।

राजु किरात्को द्वन्द्व तथा निर्देशक सागर स्वएमको नृत्य निर्देशन रहेको छ । चलचित्रलाई तुलसी बास्कोटाले सम्पादन गर्नु भएको छ भने चलचित्रलाई तामाङ र नेपाली दुवै भाषामा डबिङ गरेर हलमा प्रदर्शन गरिने जानकारी चलचित्रका निर्देशक सागर लामा गोलेले जानकारी दिनुभएको छ । एका छन् । यस चलचित्रलाई सामाजिक कथा तथा एक्सन, कमेडी एवम साँगीतिक हरेक पक्षमा दमदार तरिकाले निर्माण गरिएकको दाबी समेत उनले गरेका छन् ।

थप समाचारहरु

Latest News